
भारतीय राजदूत नवीनकुमार श्रीवास्तवले ‘नेपालका देवी देवताहरू’ विषयक कला प्रदर्शनीको उद्घाटन गरेका छन्। नेपाल कला परिषद्को ६०औँ तथा नेपाल हस्तकला महासंघको ५०औँ वार्षिकोत्सवको अवसरमा सोमबार उनले कला प्रदर्शनीको उद्घाटन गरेका हुन्।
कार्यक्रममा महासंघका अध्यक्ष प्रचण्ड शाक्य, कला परिषद्का अध्यक्ष सागरशमशेर जबरा, ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जरी शाक्य र काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनीता डङ्गोललगायतको उपस्थिति थियो। मंसिर ११ गतेदेखि सुरु भएको कला प्रदर्शनी मंसिर २४ गतेसम्म चल्नेछ।