१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार १२:५६:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

डोल्पा अस्पतालमा जटिल शल्यक्रिया सम्पन्न

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १२:५६:oo

डोल्पा जिल्ला अस्पतालमा पहिलोपटक गर्भ फुटेको महिलाको जटिल शल्यक्रिया गरिएको छ । रुकुमको आठबिसकोट नगरपालिकामा घर भई हाल मजदुरीका लागि डोल्पा जिल्ला बस्दै आएकी २२ वर्षीया कमला विकको सफल शल्यक्रिया गरिएको हो ।

विक पेट दुखेपछि जाँचका लागि जिल्ला अस्पताल पुगेकी थिइन् । चिकित्सकका अनुसार असैह्य पीडाले छटपटिँदै अस्पताल पुगेकी विकको स्वास्थ्य जाँच गर्दा पाठेघरको नलीमा बच्चा बसी नली फुटेर पेटभित्र रगत जमेको पाइएको थियो । डा. अखन्ड उपाध्यायले यस्तो केस अस्पतालमा पहिलोपटक आएको र स्वास्थ्यकर्मीहरूको समूहले सफल शल्यक्रिया गरेको जानकारी दिए । 

जटिल शल्यक्रियामा चिकित्सक डा. शंकर राउत, डा. अखण्ड उपाध्याय, डा. दिवेश, एनेस्थेसियामा डा. दीपेन्द्र, डा. सुस्मिता, डा. सीमालगायतको टोली सहभागी थियो । 

चिकित्सकहरूको साहसका कारण आफ्ना विरामीको ज्यान बचेको र बाहिर सुविधासम्पन्न अस्पतालमा जाँदा लाग्ने लाखौँ रुपैयाँ जोगिएको आफन्तले प्रतिक्रिया दिए ।

ad
ad