१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २o:४८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

केही पार्टीको मत वृद्धि अस्वाभाविक छ, मुचुल्का मेरो 'म्यासेज बक्स'मा पठाउनू : ओली

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २o:४८:oo

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समानुपातिकतर्फको मत वृद्धि अस्वाभाविक भइरहेको बताएका छन्। 

उनले शनिबार आफ्नो फेसबुक पेजमा स्टाटस लेख्दै एउटा पार्टीलाई आएको केही मत ३ प्रतिशत नकट्ने गठबन्धनमा रहेको अर्को पार्टीमा जोड्नेजस्ता गलत कार्य हुन सक्ने आशंका गरेका छन्।

‘समानुपातिक मतगणना भइरहेको छ। सुरुदेखिको मतगणनालाई नियाल्दा पछिल्लो समयमा केही पार्टीको मत वृद्धि अस्वाभाविक देखिन्छ। एउटा पार्टीलाई आएको केही मत ३ प्रतिशत नकट्ने गठबन्धनमा रहेको अर्को पार्टीमा जोड्ने जस्ता ग़लत कार्य पनि हुनसक्छ,' उनले मत परिणामको मुचुल्का आफ्नो म्यासेन्जर बक्समा पठाउन आग्रह गर्दै भनेका छन्, 'जिल्ला जिल्लामा मतगणनामा रहनु भएका साथीहरू चनाखो रहनुहोस्। मतगणनामा प्रतिनिधि रहनु भएका साथीहरूलाई म त्यहाँको मत परिणामको मुचुल्काको प्रति मेरो फेसबुकको म्यासेज बक्समा पठाउनु हुन अनुरोध गर्दछु।’