मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
Invalid date format २o:२७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

खोटाङ सेवा समाज कतारले उपलब्ध गरायो कारागारलाई पुस्तक र फर्निचर 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २o:२७:oo

खोटाङ सेवा समाज कतारले जिल्ला कारागार खोटाङलाई २५५ थान पुस्तक तथा आवश्यक फर्निचरका सामग्री उपलब्ध गराएको छ।

रोजगारीको सिलसिलामा कतार पुगेका खोटाङ्गेहरुले वि.सं. २०५४ सालमा स्थापना गरेको संस्था ‘खोटाङ सेवा समाज कतार’ले शनिबार कारागार परिसरमा औपचारिक कार्यक्रम गरेर विभिन्न विद्याका पुस्तक तथा आवश्यक फर्निचरका सामग्री उपलब्ध गराएको हो। 

कारागारमा जेल जीवन बिताइरहेका कैदीबन्दीलाई लक्षित गर्दै नेपालको संविधान, कानून, राजनीति, ईतिहास, साहित्य, कथा, कविता लगायत विभिन्न विद्याका पुस्तक प्रदान गरिएको समाजका वरिष्ठ उपाध्यक्ष डिल्लीशेर खड्काले जानकारी दिए। 

समाजले उपलब्ध गराएको पुस्तक कार्यक्रमका प्रमुख अतिथि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विशन राई, सहायक प्रमुख जिल्ला अधिकारी पवित्रप्रकाश साह, वरिष्ठ उपाध्यक्ष खड्का लगायतले संयुक्त रुपमा कारागारका निमित्त जेलर सोमप्रसाद आचार्यलाई हस्तान्त्रण गरेका छन्। समाजले २५५ थान पुस्तक, दुई थान पुस्तक राख्ने ¥याक र एक÷एक थान टेबल र बेन्च कारागारलाई प्रदान गरेको हो। 

पुस्तक हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै नगर उपप्रमुख राईले खोटाङ सेवा समाजको उक्त कामलाई प्रशंसा गरे। 

समाजले उपलब्ध गराएको पुस्तक लगायत फर्निचरका सामग्री बुझ्नुहुँदै जेलर आचार्यले समाजलाई धन्यवाद दिए। पुस्तक तथा फर्निचरका सामग्री हस्तान्तरण कार्यक्रममा जनप्रतिनिधि, सुरक्षाकर्मी, पत्रकार लगायतको उपस्थिति रहेको थियो। 

समाजले कालिका माध्यमिक विद्यालय बाकाचोल र सिद्धेश्वरी माध्यमिक विद्यालय खिदिमामा छात्रवृतिकोष स्थापना, पञ्च माध्यमिक विद्यालय दिक्तेललाई प्राविधिक कक्षा सञ्चालनमा आर्थिक सहयोग, जिल्लामा एउटा एम्बुलेन्स सञ्चालन लगायतका सामाजिक काम गर्दै आएको छ।

समाजले देश तथा विदेशमा समस्यामा परेका नेपालीहरुलाई बिगतदेखि नै सहयोग गर्दै आएको र आगामी दिनमा पनि उक्त सहयोग अभियानलाई निरन्तरता दिने उपाध्यक्ष खड्काले बताए।