Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
दीपेश पछाई रुपन्देही
२०७९ मङ्सिर १० शनिबार ००:३१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

घनश्यामलाई पन्छाउँदै संसद पुगे छविलाल

Read Time : < 1 मिनेट
दीपेश पछाई, रुपन्देही
२०७९ मङ्सिर १० शनिबार ००:३१:००

प्रतिनिधिसभा सदस्य निर्वाचनमा आफ्ना पूर्वसहकर्मी घनश्याम भुसाललाई हराउँदै एमाले केन्द्रीय सदस्य छविलाल विश्वकर्मा रुपन्देही १ बाट निर्वाचित भएका छन् । 

लुम्बिनी प्रदेशका इन्चार्जसमेत रहेका विश्वकर्माले भुसाललाई पराजित गरे । विश्वकर्माले २४ हजार ८७२ मत ल्याए भने भुसालले २१ हजार ३०८ मत प्राप्त गरे । 

एमाले अध्यक्ष केपी ओलीले टिकट नदिएपछि भुसाल पार्टी परित्याग गरी स्वतन्त्र उम्मेदवार बनेका थिए । उनलाई सत्तागठबन्धनले समर्थन गरेको थियो ।