१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 July, 2025
Invalid date format १८:३२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

डिनाकाे चुनावी समीक्षा- जनताकाे मन जिते पनि मतले हारेँ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:३२:oo

मकवानपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदमा पराजित कांग्रेसकी केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डीना’ले निर्वाचनमा आम मतदाताको मन जितेर पनि मतले हारेको बताइन्। उनले आगामी दिनमा जनताकै साथमा रहने काम गर्ने बताइन्।  

शुक्रबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै उनले प्राविधिक त्रुटीका कारण चुनाव हार्नुपरेको बताइन्। डिनाले निर्वाचनमा मत र मनले नभई प्राविधिक त्रुटिका कारण हार व्यहोर्न बाध्य भएको बताएकी हुन्। प्राविधिक त्रुटिहरुको बारेमा समिक्षा गरिने उनको भनाई थियो।

‘चुनावमा सहभागी हुँदा जीत सुनिश्चित थियो । हामी गठबन्धनका तर्फबाट उम्मेदवार बनेका सबैको अवस्था राम्रो थियो तर पनि सोचे जस्तो परिणाम आएन। चुनावमा रणनैतिक रुपमा त्रुटि भएका कारण चुनावमा पराजित भयौं ।’ डीनाले भनिन् । तपाईहरुको पराजयको कारण पार्टी भित्रको असन्तुष्टि त होइन ? भन्ने पत्रकारहरुको जिज्ञासामा डीनाले हरेक पार्टीमा आन्तरिक असन्तुष्टि हुने बताउँदै पराजयको कारणहरुको बारेमा साथीहरुसँग छलफल भइरहेको छ भन्ने प्रतिकृया दिइन्।

‘पराजयका विभिन्न कारण हुन्छन् । सबैको खोजी गर्छौँ । हामीबाट पनि कमजोरी भएको होला । पार्टी भित्रबाट अन्तर्घात भएको भए त्यसको पनि खोजी हुन्छ,’ उनले भनिन्। 
  
यस्तै डीनाले चुनावी अभियानका क्रममा मतदाताहरुबाट आएका सुझाव सल्लाह, गुनासा र मतदाताहरुको सपना पुरान गर्न र जिल्लाको विकासका लागि निरन्तर लागिपर्ने प्रतिबद्धता पनि जनाइन्। मतदाताहरुको उत्साह र मायालाई निर्वाचन पराजित भएपनि निराशामा परिणत हुन नदिने उनको भनाइ थियो। 

पत्रकार सम्मेलनमा मकवानपुर प्रदेश सभा क्षेत्र नम्बर १ (क) बाट प्रत्यासी रहेका कांग्रेसका आनन्दराम पराजुलीको पनि उपस्थिति थियो। गठबन्धनकै तर्फबाट प्रदेश सभा सदस्यको उम्मेदवार भएपनि पराजित भएका पराजुलीले जनताको मतको सदैव सम्मान गर्ने जनताकै माझमा रहने बताए।