मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ मङ्सिर ९ शुक्रबार ११:२२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

समानुपातिकमा एमालेको अग्रता कायमै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ मङ्सिर ९ शुक्रबार ११:२२:००

प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणनामा एमालेले अग्रता कायमै राखेको छ । मतगणनाको सुरुवातदेखि नै एमालेले समानुपातिकामा अग्रता लिएको थियो । 

निर्वाचन आयोगले दिएको पछिल्लो परिणामअनुसार ताजाअवस्थामा एमालेले दश लाख ४६ हजार ३३१ मत प्राप्त गरेको छ । उसलाई पछ्याइरहेको कांग्रेसले दश लाख १३ हजार ५९ मत ल्याएको छ । 

तेस्रो स्थानमा पहिलोपटक निर्वाचनमा भाग लिएको राष्ट्रिय स्वतन्त्र पार्टी रहेको छ । घण्टी चुनाव चिह्न रहेको यो पार्टीले चार लाख ९२ हजार ९०९ मत पाएको छ । 

चौथो स्थानमा रहेको माओवादीले चार लाख ६२ हजार १४१ मत प्राप्त गरिसकेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि यसपटक राष्ट्रिय दल बन्ने बलियो सम्भावना देखाएको छ । 

राप्रपाले दुई लाख ६५ हजार ४५८ मत पाउँदा जनता समाजवादी पार्टीले एक लाख ३० हजार ८३५ मत ल्याएको छ । 

सत्तासाझेदार दल एकीकृत समाजवादी भने राष्ट्रिय पार्टी बन्न आवश्यक तीन प्रतिशत मत कटाउन हम्मेहम्मे पर्ने देखिएको छ । ताजा अवस्थामा एकीकृत समाजवादीले ७४ हजार दुई सय २२ मत प्राप्त गरेको छ ।