१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 07 July, 2025
Invalid date format १७:३४:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

खोटाङ (ख) मा कांग्रेसका भूपेन्द्र राई भारी मतान्तरले विजयी 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:३४:oo

प्रदेशसभा (ख) खोटाङमा वाम–लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार कांग्रेसका भूपेन्द्र राई भारी मतान्तरले विजयी भएका छन्। 

निकटतम् प्रतिस्पर्धी नेकपा (एमाले)का रामप्रसाद दङ्गालभन्दा दुई हजार १४० बढी मत ल्याएर राई प्रदेशसभा सदस्यमा विजयी भएका हुन्। 

मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार राईले १६ हजार ४९६ मत र दङ्गालले १४ हजार ३५६ मत प्राप्त गरेका छन्। 

२०७४ को स्थानीय तहको निर्वाचनबाट दिप्रुङ चुइचुम्मा गाउँपालिकाको गाउँपालिका अध्यक्षमा विजयी राईले प्रदेशसभामा फड्को मारेका हुन्।  

गाउँपालिका अध्यक्षको जिम्मेवारीमा रहेका बेला राईले कोभिड सङ्क्रमितलाई पिठ्युँमा बोकेर गाडीसम्म पु¥याएर स्वास्थ्य संस्था लगेर उपचार गराएर चर्चा कमाएका थिए। 

लिच्कीराम्चेको कालापानीमा सुनकोसीको पानी लिफ्टिङ योजना, खाल्लेस्थित मनमायाँ राई खानीडाँडा विमानस्थलदेखि याम्खा जोड्ने सडक निर्माण, सोही सडक खण्डमा पर्ने साप्सु खोलामा पक्की पुल निर्माण लगायतका काम राईकै पहलमा सम्पन्न भएको हो। 

सदरमुकाम बसेर लेखा परीक्षण गर्ने महालेखाको टोलीलाई सम्बन्धित पालिकामै पुगेर लेखा परीक्षण गराउनेदेखि प्राविधिक मूल्याङ्कन अनुसार भुक्तानी दिने व्यवस्था गरेर विभिन्न योजनाबाट करोडौँ रकम फिर्ता गराएका थिए। हक्की स्वभावका राई कांग्रेस खोटाङमा प्रभावशाली नेताका रुपमा चिनिन्छन्। 

२०५५ सालमा रत्नराज्य लक्ष्मी क्याम्पसमा नेपाल विद्यार्थी सङ्घ इकाई उपसभापति बनेर राजनीतिक यात्रा शुरु गर्नुभएका राई हाल कांग्रेस १ नं. प्रदेशका महामन्त्री एवम् सङ्घीय महाधिवेशन प्रतिनिधि हुन्। राईको विजयलाई काँग्रेस खोटाङले जिल्लामा २३ वर्षपछि काँग्रेसको जित भएको बताएको छ। 

जनता समाजवादी पार्टी जसपाका उम्मेदवार प्रेमकुमार राईले ९३५ मत, खम्बुवान राष्ट्रिय मोर्चाका सुवास राईले ३१३ मत, मङ्गोल नेशनल अर्गनाइजेसनका विमला राईले १०१ मत र नेपाल मजदुर किसान पार्टीका ध्यानप्रसाद ढकालले १०९ मत प्राप्त गरेका छन्। प्रदेशसभा सदस्य विजयी राई र निकटम् प्रतिस्पर्धी दङ्गाल बाहेक अन्य उम्मेदवारको धरौटीसमेत जफत भएको छ। 

अठ्सठ्ठी हजार १५३ जना मतदाता रहेको प्रदेशसभा (ख)मा ३३ हजार ४०९ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। प्रदेशसभा सदस्यका लागि जम्मा खसेको मतमध्ये एक हजार ९९ मत बदर भएको मुख्य र्निाचन अधिकृत एवम् जिल्ला न्यायाधीश शुभाषबाबु पुरीले जानकारी दिए।