१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २९ शनिबार
  • Saturday, 11 May, 2024
दीपक बोहरा तुलसीपुर
२o८१ बैशाख २९ शनिबार o६:२९:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

दाङ ३(२)मा माओवादीका धनबहादुर मास्की विजयी

Read Time : < 1 मिनेट
दीपक बोहरा, तुलसीपुर
नयाँ पत्रिका
२o८१ बैशाख २९ शनिबार o६:२९:oo

दाङ क्षेत्र नम्बर ३ को प्रदेशसभा २ मा गठबन्धनका धनबहादुर मास्की(राजेश) विजयी भएका छन् । प्रदेशसभा सदस्यका लागि माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य मास्कीले २२ हजार तीन  सय २१ मत ल्याएका छन्, भने उनका निकटतम प्रतिस्पर्धी एमालेका हुकुम बस्नेतले २० हजार एक सय ५८ मत ल्याएका छन् । उनीहरुबीचको मतान्तर दुई हजार एक सय ६१ रहेको छ । 

मास्कीलाई प्रदेशको मुख्यमन्त्रीका रुपमा पनि हेरिएको छ । माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य जगप्रसाद शर्माका अनुसार मास्कीभन्दा पछि डिभिजन कमाण्डर भएकाहरु कोही मुख्यमन्त्री भइसकेका र कोही मन्त्री भइसकेको भन्दै अब मास्की मुख्यमन्त्रीको लाइनमा रहेको बताए । मास्की पहिलो पटक संसदमा प्रवेश गर्ने अवसर पाएका छन् । उनी जनयुद्धका चर्चित कमाण्डर पनि हुन् । 

त्यस्तै निर्वाचनमा राप्रपाका भुपाल रावतले तीन हजार चार सय १९, मंगोल नेश्नल अर्गनाइजेशनका शुशिल चौधरीले पाँच सय ६२ , स्वतन्त्र उम्मेदवार अृमता कुमारी बस्नेतले चार सय ५०, दुर्गा बहादुर वलीले दुई सय ७८, गणेशबहादुर बस्नेतले एक सय ५९ राजन डाँगीले एक सय २०, भुपबहादुर विकले एक सय १८ मत ल्याएका छन् । 

सोही निर्वाचन क्षेत्रमा ७९ हजार नाै सय ८९ मतदाता रहेकोमा ४९ हजार नाै सय ५० मत खसेको थियो ।
 

ad
ad