१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नवीन गुरुङ संखुवासभा
Invalid date format १९:२४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अमेरिकाको सुपेरियर सिटी र खाँदबारी नगरपालिकाबीच भगिनी सम्बन्ध कायम

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
नयाँ पत्रिका
Invalid date format १९:२४:oo

संयुक्त राज्य अमेरिकास्थित सुपेरियर सिटी र संखुवासभाको खाँदबारी नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना भएको छ। सुपेरियर सिटीका मेयर क्लिन्ट फोलसम र खाँदबारी नगरपालिकाका मेयर महेश थपलियाले समझदारीपत्र आदानप्रदान गर्दै भगिनी सम्बन्धलाई औपचारिकता दिएका हुन्।

मंगलबार खाँदबारी नगरपालिकाको विशेष निमन्त्रणामा मेयर फोलसमको नेतृत्वमा ६ जनाको टोली आएको हो। पाहुनाका रूपमा आएका मेयर फोलसमलाई विमानस्थलमा पञ्चकन्याले फूलमाला लगाएर स्वागत गर्दै तुम्लिङटार बजार परिक्रमा गराइएको थियो।

विभिन्न जातजातिको कलासंस्कृति झल्कने गरगहना र भेषभूषामा सजिएका समूह र संघ संस्थाहरूले मेयर फोलसमको टोलीलाई भव्य स्वागत गरेका थिए। सो अवसरमा नेवार समुदायले लाखे नाचसमेत देखाएका थिए।

खाँदबारी नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मेयर फोलसमले यहाँका विभिन्न जातजाति र भाषाभाषीहरूको कलासंस्कृति देखेर आफू अत्यन्तै खुसी भएको बताए।  

खाँदबारी नगरपालिका र अमेरिकाको सुपेरियर सिटीबीच भगिनी सम्बन्ध स्थापना गर्न खाँदबारीका अग्रज समाजसेवी नारायण श्रेष्ठको मुख्य भूमिका रहेको थियो। खाँदबारीमा जन्मिएका श्रेष्ठ लामो समयदेखि अमेरिकाको सुपेरियर सिटीमा बस्दै आएका छन्। मेयर फोलसमको नेतृत्वमा आएको टोली ४ दिन संखुवासभा बस्ने कार्यक्रम रहेको नगरपालिकाले जनाएको छ।