१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १२:o२:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सिराहाको मिर्चैयाबाट दुई थान भरुवा बन्दुक बरामद

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १२:o२:oo

सिराहाको मिर्चैया नगरपालिकाको जंगल क्षेत्रमा पर्ने कमलदह नजिकै घुर्मी खोला किनारबाट प्रहरीले दुई थान भरुवा बन्दुक बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक सुवाष बुढाथोकीका अनुसार हातहतियार बोकेर केही व्यक्ति घुमिरहेको भन्ने विशेष सूचनाको आधारमा सादा पोसाकको प्रहरी टोलीले मिर्चैया– ९ बाट शुक्रबार दिउँसो दुई थान भरुवा बन्दुक बरामद गरेको हो।

‘सूचना पाएलगत्तै सादा पोसाकका प्रहरी परिचालन गरी कमलदह क्षेत्रमा पुग्दा बन्दुक बोकेका दुईजना व्यक्तिहरु जंगल क्षेत्रमा भागे,’ प्रहरी नायव उपरीक्षक बुढाथोकीले भने। इलाका प्रहरी कार्यालय मिर्चैयाबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले केही समय पिछा गरेपनि बन्दुक बोक्नेहरु फेला नपरेपछि खोला किनारमा फालिएको बन्दुक मिर्चैया प्रहरीमा ल्याएर थप अनुसन्धान गरिरहेको उनले बताए।

४ मंसिरमा हुने निर्वाचनका लागि सुरक्षाकर्मीहरु खटिएको मौका पारी भरुवा बन्दुकले शिकार गर्ने उद्देश्यले दुई व्यक्तिहरु निस्किएको हुनसक्ने आशंका गरिएको छ।

ad
ad