१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
हदिश खुद्दार महोत्तरी
२o८१ बैशाख २१ शुक्रबार १९:३o:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

१२ सय मतदान स्थल अति संवेदनशील रहेकाे मधेश प्रदेशमा सुरक्षा व्यवस्था कडा 

Read Time : > 1 मिनेट
हदिश खुद्दार, महोत्तरी
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १९:३o:oo

आउँदो आइतबार हुने प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनको लागि मधेश प्रदेशको सुरक्षा व्यवस्था कडा पारिएको छ। 

निर्वाचनलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ। मधेश प्रदेशको ८ वटै जिल्लाको ३६७ किलोमिटर सिमा भारतसँग जोडिएको छ। 

भारतसँगको खुल्ला सिमाना रहेको कारण सुरक्षा व्यवस्थालाई ध्यानमा राखेर विहिवार राती १२ वजेदेखि नै सबै सिमा नकाहरु शिल गरिएको छ  भने सीमावर्ती  क्षेत्रमा व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ। 

मधेश प्रदेशमा निर्वाचनको लागि दुई हजार एक सय ५६ मतदान स्थलमा चार हजार दुई सय ३५ मतदान केन्द्र तोकिएको छ। दुई हजार एक सय ५६ मतदान स्थलमध्ये एक हजार दुई सय २९ वटा मतदान स्थललाई अति संवेदनशी, सात सय २९ संवेदनशील र एक सय ४७ वटा मतदान स्थल मात्रै समान्य गरी वर्गीकरण गरिएको मधेश प्रहरी कार्यालयले जनाएको छ। अर्थात मधेश प्रदेशका करिव ९० प्रतिशत मतदान स्थल संवेदनशील सूचीमा छन्। 

निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा गराउन प्रदेशमा १३ हजार नेपाल प्रहरीसहित करिब ४० हजार सुरक्षाकर्मी परिचालन गरिएको मधेश प्रदेश प्रहरी कार्यालयमा प्रवक्ता प्रहरी उपरीक्षक सुमन कुमार तिम्लसिनाले जानकारी दिए।

चुनावको सुरक्षाको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिँदै प्रवक्ता तिम्लसिनाले भने, ‘सबै मतदान स्थलहरुमा सुरक्षाकर्मी पुगिसकेका छन्। सीमावर्ती क्षेत्र  र ग्रामिण क्षेत्रमा प्रहरीको पेट्रोलियम गस्तीका साथसाथै सादा पोशाकमा सुरक्षाकर्मी परिचालन गरिएको छ। तीन घेरामा सुरक्षा व्यवस्था मिलाइएको छ। पहिलो घेरामा नेपाली सेन, दोस्रो घेरामा सशस्त्र प्रहरी र मतदान स्थलमा नेपाल प्रहरी परिचालन गरिन्छ।’ 

गत स्थानीय तहको निर्वाचनमा मतपेटिका लुटिएको तथा झड्प भएका  जिल्लाहरुको सुरक्षा व्यवस्थाको जिम्मेवारीमा वरिष्ठ प्रहरी उपरीक्षकलाई दिइएको छ। सर्लाही र रौतहट जिल्लाको चुनावी सुरक्षा व्यवस्था मिलाउन वरिष्ठ प्रहरी उपरीक्षक खटाएको उनले बताए। 

यता, मतदानको पूर्वसन्धयामा  मधेश प्रदेशका प्रहरी प्रमुख डिआइजी मकसुद आलम खाँको नेतृत्वमा ४ वटै सुरक्षा निकायका अधिकारीले शुक्रबार दिउँसो ८ वटै जिल्लाको सुरक्षा व्यवस्थाको अनुगमन र निरीक्षण गरेका छन्। 

सुरक्षा अधिकारीहरुको टोलीले हेलिकोप्टर मार्फत ८ वटै जिल्लाको सुरक्षा व्यवस्थाको अवस्थाबारे जानकारी दिएको प्रवक्ता तिम्लसिनाले जानकारी दिए।  
  
 

ad
ad