१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार o७:४४:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

अदुवा किन्न गाउँमै व्यापारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार o७:४४:oo

 रुकुम पश्चिम त्रिवेणी गाउँपालिका पोखरीका शेरबहादुर खड्का यतिवेला बारीमा लगाएको अदुवा खन्नमा व्यस्त छन् । व्यापारी घरमै अदुवा खरिद गर्न आउन थालेपछि उनलाई अदुवा खन्न भ्याइनभ्याई भएको हो ।

उनको दैनिकी बारीमा अदुवा खन्ने र खनेको अदुवा केलाउनेमा बित्ने गरेको छ । उनले २० क्विन्टल अदुवाको बिउ लगाएका थिए । अहिलेसम्म उनले ८० क्विन्टल अदुवा निकालेका छन् । उनले २० क्विन्टल अदुवा लगाएकामा ८० क्विन्टल अदुवा फलेको हो । अदुवाखेती गर्न निकै सजिलो हुने भएकाले मकै छाडेर अदुवाखेतीमा आकर्षित भएको खड्काले बताए ।

‘व्यापारीले तीन हजारमा एक क्विन्टल अदुवा घरमै पुगेर खरिद गर्छन्, बजारको कुनै समस्या छैन,’ खड्काले भने । किसानको घरमै व्यापारी पुगेर अदुवा खरिद गरिदिन्छन् । गाउँ–गाउँमा सडक पुगेको छ । व्यापारी ट्र्याक्टर लिएर अदुवा खरिद गर्न गाउँसम्मै पुग्ने गर्छन् । गाउँपालिकामा एउटा किसानले अदुवा बेचेर सिजनमा दुईदेखि पाँच लाखसम्म आम्दानी गर्ने गर्दछन् । पोखरीगाउँमा मात्रै ३२ घरपरिवारले व्यावसायिक रूपमा अदुवाखेती गरेका छन् । 

गाउँपालिकाको सिम्रुतु, खारा, झुल्नेटा, बाघखोर र नुवाकोट डाँडामा अदुवा संकलन गरी जिल्लाबाहिर निर्यात हुने गर्दछ । जिल्लाको त्रिवेणी गाउँपालिका र चौरजहारी नगरपालिकाका केही वडामा अदुवा राम्रो उत्पादन हुने गर्छ । अदुवा बेचेरै गाउँमा करोडौँ रकम भित्रिने गरेको छ । 

ad
ad