मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर १ बिहीबार
  • Thursday, 13 February, 2025
नवीन गुरुङ संखुवासभा
२o७९ मङ्सिर १ बिहीबार १७:४७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संखुवासभामा आचारसंहिता उल्लंघन गर्ने १७ कर्मचारी कारबाहीमा 

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
नयाँ पत्रिका
२o७९ मङ्सिर १ बिहीबार १७:४७:oo

संखुवासभामा निर्वाचन आचारसंहिता उल्लंघन गर्ने मतदान अधिकृतसहित १७ कर्मचारी कारबाहीमा परेका छन्। आचारसंहिता उल्लंघन गर्ने ६ मतदान अधिकृत र ११ सहायक मतदान अधिकृत गरी १७ जनालाई कारबाही गरिएको जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिका संयोजक चिरञ्जीवी अधिकारीले जानकारी दिए। 

कारबाहीमा पर्ने मतदान अधिकृतहरू सबै शिक्षक हुन् भने सहायक मतदान अधिकृतहरू १० जना शिक्षक र एक निजामती कर्मचारी हुन्। कारबाहीमा परेका उनीहरूको नाम भने गोप्य राखिएको छ।

यीसँगै अन्य ३० भन्दा बढी आचारसंहिता उल्लंघनका उजुरीहरू परेको बताइएको छ। निर्वाचन आयोगले कुनै पनि पार्टीका उम्मेदवारको पोस्टरमा लाइक, सेयर र कमेन्ट गर्न नपाउने जनाएको छ। तर, कतिपयले सो काम गरेको भनी प्रमाणसहित लिखित उजुरी आएपछि हटाइएको हो।