१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार ११:१o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

निःशुल्क शिविरमा कालिकोटका १५२ जनाले पाए आँखाको ज्योति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार ११:१o:oo

कालिकोटको रास्कोट नगरपालिकामा एक सय ५२ जनाको मोती बिन्दु तथा आँखाको शल्यक्रिया गरिएको छ। तेजको हिल एन्ड रुइट फाउन्डेसन आँखा अस्पताल सुर्खेतको आर्थिक सहयोग तथा रास्कोट नगरपालिकाको आयोजनामा मोती बिन्दु तथा आँखाको निःशुल्क शल्यक्रिया गरिएको हो।

निःशुल्क मोती बिन्दु तथा आँखा शिविरमा रास्कोट नगरपालिका, सान्नी त्रिवेणी गाउँपालिका, पचालझरना गाउँपालिका र पलाँता गाउँपालिकाका स्थानीयले सेवा लिएका थिए।

कात्तिक २६ र २७ गते सञ्चालन भएको शिविरमा एक सय ५२  जनाले आँखाको मोती बिन्दु तथा अन्य रोगको शल्यक्रिया गरिएको रास्कोट नगर अस्पतालका प्रमुख कौशल न्यौपानेले जानकारी दिए। ‘निःशुल्क आँखाको शल्यक्रिया शिविरमा ४५ वर्षदेखि ८७ वर्ष उमेर समूहका महिला, पुरुषको मोती बिन्दु तथा आँखाको शल्यक्रिया गरिएको छ,’ उनले भने।

आँखा अस्पताल सुर्खेतका निर्देशक मनीष खतिवडा र डा. मञ्जु पन्तसहितको टोलीले आँखाका बिरामीको शल्यक्रिया गरेका हुन्। शिविरमा मोती बिन्दुको शल्यक्रिया गर्नुपर्ने अति गरिब, विपन्न, दलित तथा पिछडिएका परिवारले लाभ लिएका रास्कोट नगरपालिकाका नगर प्रमुख धर्मराज शाहीले बताए। ‘बाहिर गएर उपचार गर्न नसक्ने आँखाका बिरामीलाई नगरमा सेवा दिने उद्देश्यले शिविर सञ्चालन गरिएको हो,’ उनले भने, ‘शिविरबाट यहाँका वृद्धवृद्धा तथा आर्थिक हिसाबले विपन्न रहनुभएका नागरिकले सेवा पाउनुभएको छ।’
 

ad
ad