१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ कार्तिक २९ मंगलबार १०:४२:००
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

‘ड्रेडलक’ मेरो पहिचान बन्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ कार्तिक २९ मंगलबार १०:४२:००

फेसन संवाद

मैले कपाल ड्रेडलक गरेको १३ वर्ष भयो । अहिले मेरो पहिचान नै बनिसकेको छ । सुरुमा ड्रेडलक गरेपछि कपाल सम्हाल्न निकै गाह्रो भएको थियो । कपाल धुन समस्या हुन्थ्यो, तर बिस्तारै सहज बन्दै गयो । 

ड्रेडलक हेयर स्टाइल हेर्दा आकर्षक देखिए पनि यसमा उत्तिकै मिहिनेत लाग्छ । ड्रेडलक बनाउन निकै समय लाग्छ । राम्ररी केयर गर्न सकिएन भने चाया पर्ने समस्या देखिन सक्छ । हप्तामा दुई–तीनपटक नुहाउनुपर्छ । 

कसैको लहैलहैमा भन्दा पनि आफ्नो सोख र व्यक्तित्वसँग म्याच हुन्छ भने कपाल ड्रेडलक गर्दा हुन्छ । नत्र स्याहार्न नसक्दा झन्झट पनि हुन्छ । प्रत्येक महिना कपाल कस्नुपर्छ, नत्र फुक्दै जान्छ, सुहाउँदैन । त्यसका लागि दुई–तीन हजार खर्च हुन्छ । त्यसैले ड्रेडलक गर्न अलि खर्चिलो पनि हुन्छ ।

मेरो गीत–संगीतको जनराअनुसार आफ्नो लुक्स मेन्टेन गर्छु । मैले प्रायः र्‍याप गीत गाउँछु । त्यसैले गोलो चस्मा, ग्रन्च पाइन्ट र गिटार प्रिन्ट टिसर्ट लगाउँछु । प्रायः लेदरको ज्याकेट नै छनोट गर्छु । यो ड्रेसमा मेरो व्यक्तित्व म्याच गर्छ । पछिल्लो समय युवाहरू ड्रेडलक हेयर स्टाइलप्रति आकर्षित भएको देख्छु । यसले व्यक्तित्वमा आकर्षण थप्छ ।