कता जाला आर्टिफिसियल इन्टेलिजेन्स ?

नयाँ पत्रिका नयाँ पत्रिका
शनिबार, २६ फागुन, २०८०
डिजिटल संस्करण

कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स) को प्रयोग दिन–प्रतिदिन बढ्ने क्रममा छ । लामो समयसम्म ‘एआई’ केवल विज्ञानको कथा र विनाउद्देश्य गरिने एउटा शोधको हिस्सा बन्दै आएको थियो । तर, अहिले च्याटजिपिटी र बार्ड च्याटबोटजस्ता ‘एआई’मा लाखौँ प्रयोगकर्ता झुम्मिएका छन् । कम्पनीहरूले पनि नयाँ–नयाँ ‘एआई’ डेभलप गरिरहेका छन् । पछिल्लो समय त भिडियो जेनेरेट गर्ने ‘एआई’समेत आइसकेका छन् । तर, विशेषज्ञले भने यसलाई भविष्यको एउटा झलक मात्रै भएको बताउँदै आएका छन् । 


‘एडा लर्निङ’ नामक स्टार्टअपकी चिफ इनोभेसन अफिसर तथा ‘एआई’माथिको एउटा किताबकी लेखक लेआ स्टाइनाकरका अनुसार ‘एआई’ आफ्नो आइफोन मोमेन्टसम्म पुगिसकेको छ । उनीहरूको इसारा सन् २००७ मा आएको एप्पलको स्मार्टफोनतिर थियो, जसले फोनमा मोबाइल इन्टरनेटलाई लोकप्रिय बनाएको थियो । स्टाइनाकरका अनुसार च्याटजिपिटी र योजस्ता अन्य एप्लिेकसन्सले ‘एआई’ उपकरणलाई आममानिससम्म पु¥याएका छन् । साथै, समग्रमा यसको असर समाजमाथि पर्नेछ ।


चुनावलाई प्रभावित गर्न सक्छ ‘डिपफेक’ले
अहिले जेनेरेटिभ एआई प्रोग्राममार्फत जोसुकै व्यक्तिले केही सेकेन्डमै कामचलाउ चिजबिजबाट ठोस र प्रभावकारी कन्टेन्ट र तस्बिर बनाउन सक्छ । यसले ‘डिपफेक’ सामग्री बनाउने कामलाई झन् सहज बनाइदिएको छ ।विशेषज्ञहरू भन्छन्– सन् २०२४ मा जतिजति अमेरिकी राष्ट्रपति निर्वाचनदेखि युरोपेली संसद्को चुनावको मिति नजिकिँदै गएको छ, त्यतित्यति जनताको बुझाइलाई प्रभावित पार्ने या मतदानपूर्व नै अशान्ति भड्काउने उद्देश्यस्वरूप ‘डिपफेक’ प्रयोगमा वृद्धि देखिनेछ । 


युरोपेली संघ (इयू) को साइबर सुरक्षा एजेन्सीले गत वर्ष अक्टोबरमा ‘डिपफेक’को खतराप्रति सचेत गराउने रिपोर्ट सार्वजनिक गरेको थियो । त्यतिवेला एजेन्सीका कार्यकारी निर्देशक युहान लेपसारले चेतावनी दिँदै इयूको चुनावी प्रक्रियाको विश्वास साइबर सुरक्षित पूर्वाधार ढाँचा र सूचनाको उपलब्धता तथा अखण्डतामाथि आफूहरूलाई कत्तिको विश्वास छ भन्ने विषयमा निर्भर हुने बताएका थिए । 

एआई प्रविधि परिष्कृत हुँदै जाँदा कम्पनीलाई अन्तर्निहित मोडल विकसित गर्नु र त्यसलाई प्रशिक्षित गर्नु उत्ति नै कठिन र महँगो हुँदै गइरहेको छ । यसकै कारण अत्याधुनिक यो प्रविधि केही शक्तिशाली कम्पनीको मुठीमै रहेको भन्दै डिजिटल अधिकार अभियन्ताले चेतावनी दिएका छन् ।


‘डिपफेक’को असर कति हुन्छ भन्ने विषय सामाजिक सञ्जाल कम्पनीको यसबाट छुटकारा पाउने प्रयासबाट थाहा हुनेछ । गुगलको युट्युब र मेटाको फेसबुक तथा इन्स्टाग्रामजस्ता कैयौँ प्लेटफर्मले ‘एआई’ प्रयोग गरी बनेका सामग्री पहिचान गर्न नीति लागू गरेका छन् । यसको प्रभाव यो वर्ष थाहा हुनेछ ।


‘एआई’ निर्मित सामग्रीको हकदार को ? 
जेनेरेटिभ ‘एआई’ उपकरण विकसित गर्नका लागि कम्पनीहरू अन्तर्निहित मोडललाई इन्टरनेटबाट प्राप्त हुने ठूलो मात्रामा टेक्स्ट र तस्बिरमार्फत प्रशिक्षित गर्छन् । अहिलेसम्म उनीहरूले मूल रचनाकार, जस्तै– लेखक, चित्रकार या फोटोग्र्राफरसँग सहमति लिएविना नै यी संसाधनको प्रयोग गरिरहेका छन् । तर, जोसँग यसको प्रतिलिपि अधिकार छ, उनीहरूले यसलाई प्रतिलिपि अधिकार उल्लंघन भएको मान्छन् । यही अन्यायविरुद्ध उनीहरू लडिरहेका छन् । 


‘द न्युयोर्क टाइम्स’ले च्याटजिपिटीको कम्पनी ओपेनएआई र माइक्रोसफ्टले पत्रिकाका लाखौँ लेख प्रयोग गरेको आरोप लगाउँदै मुद्दा हाल्ने घोषणा गरेको छ । त्यस्तै, जोन ग्रिसम, जोनाथन फ्रेन्जेनसहित केही अमेरिकी उपन्यासकारको समूहले ओपेनएआईमाथि आफ्नो सामग्रीको दुरुपयोग भएको भन्दै उजुरी दिने बताएका छन् । 


यसबाहेक अन्य कैयौँ मुद्दा पनि विचाराधीन अवस्थामा छन् । फोटो एजेन्सी गेट्टी इमेजेजले आफ्ना तस्बिरको विश्लेषण गरेकामा एआई कम्पनी स्टेबिलिटी एआईविरुद्ध मुद्दा हाल्ने भएको छ । ‘स्टेबल डिफ्युजन इमेज क्रिएसन सिस्टम’ स्टेबिलिटी एआई कम्पनीकै हो । यी विभिन्न मुद्दामाथिको पहिलो फैसला यही वर्ष आउन सक्ने बताइएको छ । यसले प्रतिलिपि अधिकारको वर्तमान नियमकानुनमा ‘एआई’लाई कस्तो सुधार आवश्यक छ भन्ने पनि थाहा हुनेछ । 

इन्टेलिजेन्स प्रविधिलाई नियमले बाँध्नुपर्ने आवश्यकता रहेको यही क्षेत्रका विशेषज्ञ बताउँछन् । वर्षौंसम्म चलेको बहसपछि गत वर्ष डिसेम्बरमा इयू ‘एआई’ विधेयकमा सहमत बन्यो । यो विधेयक विश्वकै पहिलो ‘एआई’ विशिष्ट कानुन हो ।


एआईको शक्ति कसको हातमा छ ?
एआई प्रविधि परिष्कृत हुँदै जाँदा कम्पनीहरूलाई अन्तर्निहित मोडल विकसित गर्नु र त्यसलाई प्रशिक्षित गर्नु उत्ति नै कठिन र महँगो हुँदै गइरहेको छ । यसकै कारण अत्याधुनिक यो प्रविधि केही शक्तिशाली कम्पनीको मुठीमै रहेको भन्दै डिजिटल अधिकार अभियन्ताले चेतावनी दिएका छन् ।


ब्रसेल्सस्थित गैरनाफामूलक संगठन ‘एक्सेस नाउ’ मा युरोपियन पोलिसी एन्ड एड्भोकेसीकी निर्देशक फेनी हिडभेगी भन्छिन्, ‘केही प्रविधि कम्पनीको हातमा पूर्वाधार, कम्प्युटर पावर र डेटाको विषयमा शक्तिको केन्द्रीकरणले प्रविधि क्षेत्रमा लामो समयदेखि जारी समस्यालाई देर्शाउँछ ।’हिडभेगीका अनुसार प्रविधि मानिसको जीवनको अनिवार्य हिस्सा बन्दै जाँदा ‘एआई’ले समाजलाई कसरी नयाँ आकार दिन सक्छ भन्ने केही निजी कम्पनीले तय गर्नेछन् । 


एआई कानुन 
कारमा बेल्ट बाँधेझैँ आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिलाई पनि नियमले बाँध्नुपर्ने आवश्यकता रहेको यही क्षेत्रका विशेषज्ञ बताउँछन् । वर्षौंसम्म चलेको बहसपछि गत वर्ष डिसेम्बरमा इयू ‘एआई’ विधेयकमा सहमत बन्यो । यो विधेयक विश्वकै पहिलो ‘एआई’ विशिष्ट कानुन हो । 


अहिले सबैको ध्यान ब्रसेल्सको निकायमाथि छ । सो निकायले सही कदम उठाउला, नयाँ नियम लागू गर्ला र नियममा कसरी परिवर्तन गर्ला भन्नेमा सबैले चासो लिएका छन् । स्टाइनाकरका अनुसार यो विषय निकै जटिल हो । भोलिका दिनमा सल्टाउनै नसकिने समस्यासमेत आउन सक्छन् ।


(एजेन्सीको सहयोगमा मीनराज बसन्तको अनुवाद ।) 
 

सम्पादकको रोजाइ

सुझावित समाचार