Skip This
मतपत्रको रङ सेतो, चुनाव चिह्न रातो र कालो, मतदाताले चारवटा मपपत्रमा स्वस्तिक छाप लगाउनुपर्ने 
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ कार्तिक १४ सोमबार
  • Thursday, 22 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ कार्तिक १४ सोमबार १o:५o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मतपत्रको रङ सेतो, चुनाव चिह्न रातो र कालो, मतदाताले चारवटा मपपत्रमा स्वस्तिक छाप लगाउनुपर्ने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ कार्तिक १४ सोमबार १o:५o:oo

आसन्न प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि मतपत्र छपाइको काम अन्तिम चरणमा छ । समानुपातिकतर्फ छापिएर ढुवानी भइरहेको छ । प्रत्यक्षतर्फ आधाभन्दा बढी छापिइसकेको छ । 

निर्वाचन आयोगले मतपत्रको रङ सेतो तय गरेको छ । सेतो पृष्ठभूमिमा रातो र कालो गरेर दुई प्रकारको चुनाव चिह्न र अन्य विवरण छापिएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार प्रतिनिधिसभा र प्रदेश सभातर्फ प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ रातो रङ र समानुपातिकतर्फ कालो रंगको प्रयोग गरिएको छ । 

४ मंसिरमा हुने निर्वाचनमा एक मतदाताले चारवटा मतपत्रमार्फत मतदान गर्नुपर्नेछ । प्रत्यक्षतर्फ  प्रतिनिधिसभा र प्रदेश सभा गरी दुई तथा समानुपातिकतर्फ पनि प्रतिनिधिसभा र प्रदेश सभा दुईवटा गरी कुल चार मतपत्रमा मतदाताले स्वस्तिक छाप लगाएर आफ्नो मत दिनुपर्ने प्रवक्ता पौडेलले बताए ।