Skip This
बागमती प्रदेश सभा बैठक ११ बजे बस्दै : आज पनि विनियोजन विधेयकमाथि छलफल हुने
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ ८ बिहीबार
  • Thursday, 22 May, 2025
२o८२ जेठ ८ बिहीबार १o:o६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बागमती प्रदेश सभा बैठक ११ बजे बस्दै : आज पनि विनियोजन विधेयकमाथि छलफल हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ जेठ ८ बिहीबार १o:o६:oo

बागमती प्रदेश सभा बैठक आज बिहान ११ बजे प्रदेश सभा भवन हेटौँडामा बस्दै छ। बैठकमा सरकारको आगामी आर्थिक वर्ष ०८२/८३ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि आज पनि छलफल हुनेछ।

बुधबार सुरु भएको छलफललाई आज बिहीबारको बैठकमा निरन्तरता दिइनेछ। बैठकमा प्रदेश सरकारको आगामी बजेट, कार्यक्रम र नीतिका विषयमा सांसदहरूले आ–आफ्ना धारणा राख्ने कार्यक्रम रहेको छ। छलफल सम्पन्न भएपछि आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिनेछन्।

प्रदेश सभा सभामुख भुवनकुमार पाठकका अनुसार आजको बैठकमै विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता टुंग्याउने तयारी छ। साथै, बैठकमा चलचित्रसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक संसदमा टेबुल गरिने कार्यसूची रहेको छ। त्यस्तै, संसदीय समितिमा विचाराधीन चार विधेयकमाथि पनि छलफल गरिने बताइएको छ।