
सिंगापुरमा मुटुरोग पत्ता लगाउने एआई प्रणाली परीक्षण भएको छ । देशको राष्ट्रिय मुटु केन्द्रले तीनवटा सरकारी अस्पतालमा कृत्रिम बुद्धिमत्ता (एआई) प्रणालीको परीक्षण सुरु गरेको हो ।
यो प्रणालीले मुटुको स्क्यान चाँडो गर्न सक्ने भएकाले मुटुमा समस्या छ कि छैन भन्ने चाँडै थाहा पाउन सजिलो हुनेछ । अहिले मुटुको स्क्यान हेरेर समस्या पत्ता लगाउन दुईदेखि चार घण्टा लाग्छ, तर यो एआई प्रयोग गरेपछि १० मिनेटमै नतिजा आउन सक्छ । वरिष्ठ डाक्टर लोहेन्द्रन बास्करनले मंगलबार सञ्चारकर्मीलाई यसबारे जानकारी दिए ।