Skip This
कर्तव्य ज्यान मुद्दामा दुई अभियुक्त पुर्पक्षका लागि कारागार चलान
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ पौष ११ आइतबार
  • Saturday, 31 May, 2025
दीपक भट्ट रामेछाप
२o७८ पौष ११ आइतबार १२:१३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कर्तव्य ज्यान मुद्दामा दुई अभियुक्त पुर्पक्षका लागि कारागार चलान

Read Time : < 1 मिनेट
दीपक भट्ट, रामेछाप
नयाँ पत्रिका
२o७८ पौष ११ आइतबार १२:१३:oo

१२ वर्षअघि रामेछापको राकाथुममा भएको कर्तव्य ज्यान मुद्दाका दुई अभियुक्तलाई रामेछाप जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ। जिल्ला न्यायाधीश बद्रीप्रसाद ओलीको एकल इजलासले शुक्रबार साबिक राकाथुम गाविसका ज्ञानबहादुर तामाङ र उनका छोरा जयराम तामाङलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो। उनीहरू दुवै अभियुक्तलाई कारागार चलान गरिएको हो।

०६६ असोज १८ गते छिमेकी जिल्ला काभ्रेको साबिकको मेच्छेपौवा गाउँपालिकाका निखिल भन्ने तीर्थमान दोङ तामाङको कर्तव्य गरी ज्यान मारेको अभियोगमा उनीहरूको नाममा प्रहरी कार्यालय रामेछापमा मुद्दा दर्ता भएको थियो।

काभ्रेका तीर्थमान कामको सिलसिलामा रामेछाप आएको वेला उनलाई पुरानो रिसइवीका कारण खुकुरी प्रहार गरी हत्या गरेर उनीहरू फरार रहेका थिए। फरार दुवै अभियुक्तलाई खोजतलास गर्ने क्रममा ज्ञानबहादुरलाई काभ्रेको बनेपाबाट र जयरामलाई रामेछापकै राकाथुमबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक नवराज ढुंगानाले जानकारी दिए।