मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज १४ बुधबार
  • Wednesday, 30 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ असोज १४ बुधबार २१:५५:oo
Read Time : < 1 मिनेट
समाचार

नक्खु जेल ब्रेक गर्ने नेता बस्नेतको निधन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ असोज १४ बुधबार २१:५५:oo

नेकपा संयुक्तका नेता तथा पूर्वसांसद घनेन्द्र बस्नेतको निधन भएको छ । २०३३ सालमा झापा आन्दोलनका तत्कालीन अगुवा सिपी मैनाली र प्रदीप नेपालसहितका नेताहरूसँग मिलेर नक्खु जेल ब्रेक गर्नेमध्येका एक बस्नेत केही समयदेखि क्यान्सर रोगबाट पीडित थिए।

भोजपुर स्थायी घर भएका बस्नेत एमाले विभाजनपछि बनेको नेकपा समाजवादीका पूर्ववरिष्ठ नेता पनि थिए। भक्तपुरस्थित क्यान्सर अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो। नेता बस्नेतको बिहीबार बिहान ८ बजेपछि पशुपतिस्थित आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने उनका भान्जा सञ्जीव रोक्काले जनाएका छन्। यसैबिच, एमाले अध्यक्ष केपी शर्मा ओलीले शोक वक्तव्य जारी गर्दै बस्नेतप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।

‘झापा आन्दोलनका योद्धा कमरेड घनेन्द्र बस्नेत हामीबिच नरहनुभएको दुःखद खबर सुनेँ। नेपालको कम्युनिस्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलनमा उहाँको योगदान अविष्मरणीय छ।' लामो जेल जीवन र यातनाका अनेकौँ शृंखला पार गरेर आजको समाजले उपभोग गरिरहेको लोकतान्त्रिक अधिकार प्राप्त भएको हो। म ती कष्टपूर्ण दिनहरू सम्झिरहेको छु। कमरेड घनेन्द्र बस्नेतप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु,’ ओलीले भनेका छन्।

उनको संघर्ष र योगदान नेपालको कम्युनिस्ट तथा लोकतान्त्रिक आन्दोलनको इतिहासमा सधैँ सम्मानपूर्वक सम्झना भइरहने पनि ओलीले वक्तव्यमा जनाएका छन्।

↑