मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ असोज १४ बुधबार
  • Wednesday, 30 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ असोज १४ बुधबार २१:oo:oo
Read Time : < 1 मिनेट
अर्थ

पेट्रोलियमको मूल्य यथावत्, आगामी १५ दिनमा मात्रै आयल निगमलाई ३ अर्ब २० करोड घाटा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ असोज १४ बुधबार २१:oo:oo

भारतबाट ठुलो दरले पेट्रोलियम पदार्थको मूल्य बढेर आए पनि आसन्न दसैँ, तिहारमा मूल्य नियन्त्रण गर्न सरकारको निर्देशनमा आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको छ। मूल्य यथावत् राख्दा निगमलाई आगामी १५ दिनमा ३ अर्ब २० करोड ३८ लाख रुपैयाँ नोक्सान हुने प्रक्षेपण छ।

आयल निगमले बुधबार साँझ जारी गरेको विज्ञप्तिअनुसार इन्डियन आयल कर्पोरेसनले दिउँसो पठाएको नयाँ मूल्यसूचीमा पेट्रोल २०.४४ रुपैयाँ, डिजेल २०.२१ रुपैयाँ, मट्टीतेल १५.९६ रुपैयाँ र हवाई इन्धन १८.६६ रुपैयाँ प्रतिलिटर बढेर आएको छ । त्यस्तै, खाना पकाउने एलपी ग्यास ८१.३२ रुपैयाँ प्रतिसिलिन्डर बढेर आएको छ।

ठुलो दरमा मूल्य बढेर आए पनि निगमले आसन्न चाडपर्वलाई हेरेर नेपालमा समायोजन नगरेको प्रवक्ता मनोज ठाकुरले जानकारी दिए। ‘आसन्न चाडबाडमा मूल्य नियन्त्रण गर्नुपर्ने प्रमुख दायित्वलाई मध्यनजर गरेर ठुलो घाटा हुँदाहुँदै पनि मूल्य समायोजन नगरिएको हो,’ उनले भने। निगमले चालू आव ०८२–८३ को १४ असोजसम्म ४ अर्ब ७५ करोड रुपैयाँ नोक्सानी बेहोरिसकेको छ। अहिले १५ दिनमै थप ३ अर्ब २० करोड रुपैयाँ नोक्सानी भएपछि भने भारतलाई तेल किनेबापत भुक्तानी दिनुपर्ने रकम जोहो गर्न समस्या हुने देखिन्छ। निगम प्रवक्ता ठाकुरले मूल्य स्थिरीकरण कोषमा करिब ४ अर्ब रुपैयाँ रहेकाले सञ्चालक समितिको निर्णयबाट सो रकम लिई भारतलाई भुक्तानी गर्ने योजना रहेको जानकारी दिए।

 

 

↑