शेरबहादुर देउवा पक्षले निर्वाचन आयोगलाई महाधिवेशनको कार्यतालिका बुझाएको छ। मंगलबार आयोगमा कार्यतालिका बुझाइएको हो।
शेरबहादुर देउवाले आफूलाई नेपाली कांग्रेसको सभापति नै दाबी गरेर हस्ताक्षरसहित पत्र बुझाएका हुन्, जसलाई निर्वाचन आयोगले दर्ता गरेको छ । सो पत्रमा प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले तोक लगाएका छन्।
देउवा पक्षले बिहीबारदेखि वडा अधिवेशन गर्न लागेको छ। २१, २२ र २३ मंसिरमा केन्द्रीय महाधिवेशनको मिति तय गरिएको छ।
आधिकारिता विवादपछि कांग्रेसका दुई पक्षले छुट्टाछुट्टै महाधिवेशन गर्न लागेका हुन्।
निर्वाचन आयोग र सर्वाेच्च अदालतले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको समितिलाई मान्यता दिएको छ। सर्वाेच्चको फैसलाविरुद्ध देउवा र पूर्णबहादुर खड्काले पुनरवलोकन निवेदन दर्ता गराएका छन्। त्यसमा भने सुनुवाइ भएको छैन।