मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ भदौ १७ बुधबार
  • Wednesday, 02 September, 2026
नयाँ पत्रिका काठमाडाैं
२o८३ भदौ १७ बुधबार १४:o५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

निजी र अन्तर्राष्ट्रिय सहयोग लिन ढिलाइ गर्दा थप क्षति भयाे : आङ्देम्बे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८३ भदौ १७ बुधबार १४:o५:oo

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सरकारले उद्धारमा निजी र अन्तर्राष्ट्रिय सहयोग लिन ढिलाइ गर्दा बाढी प्रभावित क्षेत्रमा थप क्षति भएको टिप्पणी गरेका छन्।

बुधबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै आङ्देम्बेले सुरुदेखि नै निजी र अन्तर्राष्ट्रिय क्षेत्रको सहयोगसहित अघि नबढ्दा धेरै क्षति भएको बताए। सुरुङभित्र फसेका नागरिकको खोज तथा उद्धारमा भएको ढिलाइ अमानवीय र गम्भीर विषय रहेको उनले प्रस्ट पारे।

‘सुरुङ उद्धारमा घटना भएको पहिलो ७२ घण्टालाई गोल्डेन आवर भनिन्छ। यसबिच उद्धार गर्न सकिए धेरैको ज्यान बचाउन पनि सकिन्छ। तर, निजी र अन्तर्राष्ट्रिय सहयोग लिन ढिलाइ गर्दा थप क्षतिको जोखिममा धकेल्ने काम भयो कि,’ उनले भने।