स्मार्ट सेलको उपकरण लिलाम प्रकरणमा पक्राउ परेका नेपाल दूरसञ्चार प्राधिकरणको पूर्वअध्यक्ष भूपेन्द्र भण्डारीलाई धरौटीमा छाड्न आदेश भएको छ। जिल्ला अदालत, काठमाडौंका न्यायाधीश उमानाथ गौतमको इजलासले शुक्रबार २५ लाख रुपैयाँ धरौटी माग गरेको हो ।
भण्डारी प्राधिकरणको अध्यक्ष हुँदा सरकारको स्वामित्वमा आइसकेको स्मार्ट सेलको सम्पत्ति लिलामीमा मिलेमतो रहेको भन्दै सिआइबीले पक्राउ गरी अनुसन्धान गरेको थियो। यसमा एनसेल आजियटाका सञ्चालक, नेपाल इन्भेस्टमेन्ट मेघा बैंकका सञ्चालक, सिइओसहित २२ जनाविरुद्ध मुद्दा दायर भएको थियो। सरकारको स्वामित्वमा आइसकेको संस्थाको सम्पत्ति गैरकानुनी रूपमा लिलामी गरेको भन्दै मुद्दा दायर भएको हो ।