मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण २९ शुक्रबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ श्रावण २९ शुक्रबार १८:५९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

झापाको कन्काईमा लालपुर्जा वितरण, १३ परिवार बने जग्गाधनी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ श्रावण २९ शुक्रबार १८:५९:oo

जिल्ला भूमि समस्या समाधान समिति झापाले कन्काई नगरपालिकाको वडा नम्बर ३ र ६ का १३ परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ।

समितिले भूमिहीन सुकुमवासी, भूमिहीन दलित र अव्यवस्थित बसोबास गरेका १३ परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको हो। समितिले सार्वजनिक गरेको विवरणअनुसार केही जग्गा आवास प्रयोजनका लागि छन् भने केही जग्गा कृषि प्रयोजनका छन्।

लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्व नपाएका स्थानीयले जग्गाधनी पुर्जा प्राप्त गरेपछि उनीहरू कानुनी रूपमा जग्गाधनी बनेका छन्। सरकारले भूमिहीन दलित, भूमिहीन सुकुमवासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई उच्च प्राथमिकतामा राखेको जनाएको छ।

भूमिहीन दलित, भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीको समस्या दीर्घकालीन रूपमा समाधान गर्दै उनीहरूलाई कानुनी रूपमा जग्गाधनी बनाउने सरकारको लक्ष्यअनुसार लालपुर्जा वितरणलाई थप प्रभावकारी रूपमा अघि बढाइएको हो।