मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८३ श्रावण २९ शुक्रबार
  • Friday, 14 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८३ श्रावण २९ शुक्रबार १५:o३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गगन थापा नेतृत्वको कांग्रेस थप बलियो हुने विश्वप्रकाश शर्माको दाबी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८३ श्रावण २९ शुक्रबार १५:o३:oo

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाको नेतृत्वमा पार्टी थप बलियो र सुदृढ भएर अघि बढ्ने दाबी गरेका छन्।

सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै शर्माले पार्टीभित्र देखिएका राजनीतिक तथा कानुनी विषय संवादमार्फत संविधान, कानुन र पार्टी विधानको आधारमा समाधान हुने विश्वास व्यक्त गरे।

सभापति थापाले सबैलाई समेटेर अघि बढ्ने प्रयास गरिरहेको उल्लेख गर्दै शर्माले देशभरका नेता–कार्यकर्ताले व्यक्त गरेको दृढता र भावनाका आधारमा कांग्रेसको आगामी यात्रा थप मजबुत हुने बताए।

‘सभापतिले सबैलाई सँगसँगै जाऊँ भनेर प्रयास गरिराख्नुभएको छ,’ उनले भने, ‘देशभरिका साथीहरूले व्यक्त गर्नुभएको दृढता र भावनाको जगमा पूर्ण विश्वासका साथ भन्न सक्छु, आगामी दिनमा विकास भएर जाने हाम्रो संकल्प अझ बलियो भएर जान्छ।’

राजनीतिक विषयको समाधान राजनीतिक ढंगबाटै खोजिनुपर्ने उनको भनाइ थियो। संविधान, कानुन, पार्टी विधान, कांग्रेसको इतिहास र कार्यकर्ताको भावनालाई आधार बनाएर पार्टीले राष्ट्रिय शक्तिका रूपमा प्रभावकारी भूमिका निर्वाह गर्ने शर्माले बताए।

सर्वोच्च अदालतले वैशाख ४ गते निर्वाचन आयोगले नेपाली कांग्रेससम्बन्धी गरेको अद्यावधिकलाई सदर गरेपछि पार्टीभित्रको अवस्थालाई कसैको जित वा हारका रूपमा नलिएर समाधान खोज्ने प्रयास भइरहेको उनले बताए।