
जेन-जी आन्दोलनका क्रममा गण्डकी प्रदेश सरकारको पोखरामा रहेका १५ सहित मातहतका २५ बढी कार्यालयहरूमा तोडफोड र आगजनी भएको छ। भवनसँगै प्रदेश प्रदेश सरकारका ५१ वटा चारपांग्रे सवारीसाधन जलेका छन् भने चारवटामा तोडफोड भएको प्रारम्भिक विवरण छ।
यसैगरी, ११४ थान दुईपांग्रे सवारीसाधन, ५८ थान एसी, ५१ थान ल्यापटप, १०३ थान कम्प्युटर, ५१ थान फोटोकपी-प्रिन्टर, १५ थान टेलिभिजन, ६ थान स्क्यानर, चार थान क्यामेरा, पाँच थान भिडियो क्यामेरा, ६ थान जेनेरेटर, एक थान डिजिटल बोर्ड, तीन थान मोबाइल तथा १७ थान प्रोजेक्टरमा तोडफोड र आगजनी भएको छ।
यसका साथै तोडफोड र आगजनी भएका भवनहरूमा रहेका फर्निचरहरू, अन्य विद्युतीय सामग्रीहरू जलेका छन् भने केही सामानसहित चार लाख ४२ हजार नगद चोरी भएका छन्।