
सांग्रिला डेभलपमेन्ट बैंकले प्रहरी वृत्त दरबारमार्गलाई दुई थान कम्प्युटर, एउटा स्क्यानर र फोटोकपीसहितको प्रिन्टर (थ्रीइनवान) मेसिन सहयोग गरेको छ ।
जेन–जी आन्दोलनमा भएको आगजनीबाट ध्वस्त भएको प्रहरी वृत्तको कार्य सञ्चालनमा सहयोग पुगोस् भनेर संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर)अन्तर्गत बैंकले सहयोग गरिएको हो । उक्त सहयोग सामाग्री बैंकका प्रमुख सञ्चालन अधिकृत अपूर्वप्रसाद जोशीले वृत्तका इन्चार्ज प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठलाई मङ्गलबार हस्तान्तरण गरेका छन् ।