मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ३० सोमबार
  • Monday, 15 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ ३० सोमबार १६:२४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

एमाले महासचिव पोखरेलद्वारा देशैभरि क्षतिग्रस्त पार्टी कार्यालय पुनर्निर्माण थाल्न अपिल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ ३० सोमबार १६:२४:oo

नेकपा एमालेका महासचिव शंकर पोखरेल गत सोमबार र मंगलबार भएको जेन-जीको आन्दोलनका क्रममा भएको विध्वंसपछि पहिलोपटक पार्टी कार्यालय पुगेका छन् ।

सोमबार दिउँसो ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा पुगेका उनले देशैभर क्षतिग्रस्त भएका पार्टी कार्यालय पुनर्निर्माण सुरु गर्न कार्यकर्तालाई अपिल गरेका छन् ।

जेन-जीको आन्दोलनका क्रममा क्षतिग्रस्त पार्टी केन्द्रीय कार्यालयको निरीक्षणपछि महासचिव पोखरेलले सरकारी संयन्त्रसँग समन्वय गरेर सार्वजनिक संरचनाको निर्माणका लागि योगदान गर्न पनि पार्टी पंक्तिलाई निर्देशन दिए ।

महासचिव पोखरेलले असोज ३ गते खरानीको थुप्रोबाटै संविधान दिवस मनाउन पनि एमालेजनलाई निर्देशन दिए ।

‘लामो संघर्षबाट ०७२ सालमा प्राप्त संविधान दिवस असोज ३ गते पर्छ । उक्त दिवस हामी खरानीकै थुप्रोबाट मनाउनेछौँ । सबै जिल्लाले यो कार्यक्रम गर्नुहुनेछ,’ उनले भने, ‘काठमाडौँ उपत्यकामा पार्टी केन्द्रीय कार्यालयको प्रांगणमा हुनेछ ।’

उनले सधैँ सडकबाट निर्णय नहुने भएकाले प्राप्त उपलब्धिलाई संविधानमा संस्थागत गर्नुपर्ने बताए । वर्तमान सरकारले भ्रष्टाचार अन्त्य र सुशासनका कदम अघि बढाउँदा एमालेले सहयोग गर्ने उनले बताए ।

अन्तरिम सरकारको मूल काम सुरक्षाको वातावरण बनाउने र समयमै निर्वाचन गराउने भएकाले त्यसतर्फ ध्यान जाने आफू विश्वस्त रहेको पोखरेलले बताए ।

‘नेपालका सबै लोकतान्त्रिक पार्टीहरू जनतामा गएर, जनताबिचबाट अभिमत प्राप्त गर्ने प्रक्रियामा प्रवेश गर्नुभएको छ भन्ने हामी ठान्दछौँ,’ पोखरेलले भने ।