
विराटनगरको शनि मन्दिरस्थित भाटभटेनी सुपरमार्केटमा पूर्ण रुपमा जलेको मानव कङ्काल फेला परेको छ।
जेनजी आन्दोलनका क्रममा अराजक समूहले २४ भदौमा गरेको आगजनीले जलेर ध्वस्त भएको भाटभटेनी सुपरमार्केटमा सोमबार सरसफाइका क्रममा दोस्रो तलामा जलेको मानव कङ्काल फेला परेको हो।
फेला परेको कंकाल कसको हो भन्ने यकिन नभएको मोरङ प्रहरीले जनाएको छ। जलेर ध्वस्त भएको भाटभटेनीको सेना, प्रहरी, सेक्युरिटी गार्ड र कर्मचारीहरुले सफाई थालेका छन्।