मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ३० सोमबार
  • Monday, 15 September, 2025
२o८२ भदौ ३० सोमबार १७:१७:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

साहित्यकार छवि अनित्यको ‘बाल महाभारत’ सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ ३० सोमबार १७:१७:oo

साहित्यकार छवि अनित्यको चौथो कृति स्वरूप ‘बाल महाभारत’ पुस्तक सार्वजनिक गरिएको छ । ‘गोकु’, ‘नारुतो’ जस्ता एनिमेटेड पात्रतर्फ आकर्षित हुँदै गएका नयाँ पुस्तालाई पूर्वीय साहित्यको महानतम ग्रन्थ महाभारत का पौराणिक पात्रहरूसँग परिचित गराउने उद्देश्यले पुस्तक तयार गरिएको लेखकले बताएका छन् ।

विशेषगरी कक्षा ६ देखि माथिका बालबालिकालाई लक्षित गरिएको पुस्तकमा महाभारतका १८ वटै पर्वका मूल कथाहरूलाई सरल र आकर्षक भाषामा संक्षेपमा प्रस्तुत गरिएको छ । पुस्तकमा चित्रकार रवि मिश्रद्वारा तयार गरिएका आकर्षक चित्रहरूले बालबालिकालाई कथासँग अझ नजिक बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ ।

लेखक अनित्यका अनुसार चाडपर्वको फुर्सदिलो समयमा यस पुस्तकको अध्ययनले बालबालिकामा पौराणिक ज्ञान र संस्कृतिप्रतिको रुचि बढाउने विश्वास लिइएको छ । कलम प्रकाशन, काठमाडौंले प्रकाशित गरेको ‘बाल महाभारत’ २९८ रुपैयाँमा बजारमा उपलब्ध रहेको लेखक अनित्यले बताए ।