मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ३० सोमबार
  • Monday, 15 September, 2025
मोहन विष्ट कञ्चनपुर
२o८२ भदौ ३० सोमबार १७:५१:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

कञ्चनपुरकाे सिएमजी र डाइमन्ड क्यासिनो तहसनहस

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
नयाँ पत्रिका
२o८२ भदौ ३० सोमबार १७:५१:oo

मंगलबार भएको जेनजी आन्दोलनका क्रममा दलका कार्यालय तथा जनप्रतिनिधि र नेताहरुको घर मात्रै होइन, निजी व्यवसायमासमेत तोडफोड, आगजनी र लुटपाट  भए। आन्दोलनका क्रममा एक भिडले कञ्चनपुरमा दुई क्यासिनोसहित होटल ओपेरा, एनसेल सेन्टरलगायतमा तोडफोड र लुटपाट ग¥यो।

पूर्वमुख्यन्त्री राजेद्र रावलको घरमा रहेको सुनचाँदीको पसल, पूर्वसांसद निरुदेवी पालको घरमा रहेको आस्था कलेक्सनसहितका पसल, जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराको घरसहित रोयल सिलाई सेन्टर तथा दर्जनौँ व्यवसायिक भवन तोडफोड, आगजनी र लुटपाट भए।

सबैभन्दा बढि क्षती करोडौंको लगानीमा संचालनमा रहेका सिएमजी र डाइमण्ड क्यासिनोमा भएको छ। दुवै क्यासिनोभित्र रहेका उच्च मूल्यका मेसिनदेखि महत्वपूर्ण कागजात सबै तहसनहस भएका छन्।

सिएमजी क्यासिनोका व्यवस्थापक गोकुल निरौलाले जेनजी आन्दोलनको मर्म, भावना र मागविपरीत निजी क्षेत्रमा तोडफोड, लुटपाट गरेर विध्वंसात्मक  गतिबिधी मच्चाएर तहसनहस गरिएको बताए। ‘यो आन्दोलन सामाजिक सञ्जाल बन्दकोे बिरोध र भ्रष्टाचारविरुद्ध थियो,’ उनले भने, ‘यसमा आफ्नै लगानीमा व्यवसाय गर्दै युवालाई स्वदेशमै रोजगारी दिँदै आएको क्यासिनोको के  गल्ती थियो ? भित्र रहेका एक सामान पनि सुरक्षित छैनन्, भएको पैसा पनि लुटपाट गरेका छन्।’

सुरक्षा गार्डहरुलाई धम्की दिएर दुवै गेट तोडफोड गरेर भित्र पसेका आन्दोलनकारीले नगदसमेत लुटपाट गरेपछि उठ्नै गा¥हो भएको उनले बताए। डेढ सय युवालाई रोजगारी दिँदै आएको क्यासिनो पुनर्निर्माणमै समय लाग्ने भएपछि भएको रोजगारीसमेत खोसिएको छ। तोडफोटबाट साढे १७ करोड बढीको क्षति भएको निरौलाले बताए।

डाइमण्ड क्यासिनोका म्यानेजर जित विक्रम खड्काले झण्डै १८करोड बढीका सामानको नोक्सानी भएको बताए। खड्काका अनुसार एक्कासी सिधै प्रवेश गरेको ठूलो भिडले तोडफोड र लुटपाट गरेका थिए। बाहिर रहेका  सवारीसाधनदेखि भित्रको मेसिनलगायतका सरसामानसहित नगदसमेत लुटपाट गरेका उनले बताए।