
प्रधानसेनापति अशोकराज सिग्देलले सम्बोधन गर्दै आन्दोलनरत पक्षलाई वार्ताका लागि आह्वान गरेका छन्। आन्दोलनबाट ठूलो जनधनको क्षति भएको भन्दै उनले वार्ताबाट समाधान गर्न आग्रह गरेका हुन्।
देशको अवस्था सरकारको काबुबाहिर गएपछि प्रधानसेनापतिले वार्ताका लागि पहल लिएका हुन्। छोटो भिडियो सन्देश जारी गर्दै प्रधानसेनापतिले सबै पक्षलाई वार्ताका लागि आग्रह गरेको हुन्।