
देशको सुरक्षाको कमाण्ड नेपाली सेनाले लिएको छ। मंगलबार बेलुका १० बजेदेखि सेना परिचालन गरिएको हो । देशको अवस्था नियन्त्रणबाहिर गएपछिशान्ति सुरक्षा अमनचयन कायम गर्न सेना खटिएको हो।
काठमाडौं उपत्यकामा सेनाले लुटपाटजन्य गतिविधिमा संलग्नहरुलाई नियन्त्रणमा लिन थालेको छ। बानेश्वर क्षेत्रबाट यसरी नियन्त्रणमा लिन थालिएको सेनाले जनाएको छ।
सेनाको कमाण्डमा प्रहरी पनि परिचालन गरिने बताइएपनि प्रहरी खटिन सकेको छैन । प्रहरीका कार्यालयहरु तोडफोड र आगजनी गरिएका छन् भने केही प्रहरीको मृत्यु समेत भएको छ।