मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 09 September, 2025
Invalid date format १२:२७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

काभ्रेका यी स्थानमा कर्फ्यु जारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १२:२७:oo

काभ्रेपलाञ्चोक जिल्लाको विभिन्न बजार क्षेत्रमा जिल्ला प्रशासन कार्यालय काभ्रेले कर्फ्यु जारी गरेको छ ।

जेन–जीको आन्दोलन कार्यक्रमको क्रममा काठमाडाैं उपत्यकालगायत देशको विभिन्न स्थानहरूमा भइरहेको विरोध प्रदर्शन र त्यसको प्रभावबाट काभ्रे जिल्लाको बनेपा, पनौती, धुलिखेल, पाँचखाललगायतका स्थानहरूमा भइरहेको विरोध प्रदर्शनमा निस्किएको जुलुस तथा भिडहरूबाट सार्वजनिक शान्ति एवं सुव्यवस्थामा खलल पुग्ने एवं हिंसात्मक तथा ध्वंसात्मक घटना हुन सक्ने देखिएकोले जिल्ला सुरक्षा समितिको ०८२/०५/२४ को निर्णयअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(१) (क) बमोजिम कर्फ्यु जारो गरेको जिल्ला प्रशासन कार्यालय काभ्रेले जनाएको छ ।

अरनिको राजमार्गको साँगा भञ्ज्याङदेखि धुलिखेल बसपार्कको दायँबायाँ पाँच सय मिटर आसपासको क्षेत्र, बनेपा नाला सडकको नाला गुम्बादेखि नेपाल विद्युत् प्राधिकरणचोक हुँदै रेडक्रसचोक, शिर मेमोरियल अस्पताल र चण्डेश्वरी मन्दिरको दायँबायाँ पाँच सय मिटरआसपासको क्षेत्र, बनेपा चारदोबाटोदेखि पनौती बजार रोशीखोलासम्मको दायाँबायाँ पाँच सय मिटरआसपासको क्षेत्र, बिपी राजमार्गको काभ्रेभञ्ज्याङदेखि धुलिखेलचोकसम्म र सरस्वती बजार अड्डाबजार हुँदै भट्टेडाँडासम्म दायँबायाँ पाँच सय मिटरआसपासको क्षेत्र र पाँचखाल नगरपालिका अरनिको राजमार्गको तामाघाट पुलदेखि जिरोकिलोसम्म सडकको दायाँबायाँ पाँच सय मिटरआसपासको क्षेत्र  कर्फ्यु जारी गरेको छ ।