मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २२ आइतबार
  • Monday, 08 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ २२ आइतबार ११:५८:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

नेपाल–चीन संयुक्त सैन्य अभ्यास हुँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ २२ आइतबार ११:५८:oo

नेपाल र चीन संयुक्त सैन्य अभ्यासको पाँचौँ शृंखला आइतबार सुरु हुनेछ । सैन्य अभ्यासमा सहभागी हुन चिनियाँ जनमुक्ति सेनाको टोली काठमाडौं आइपुगेको छ । सैन्य अभ्यासलाई सगरमाथा मित्रता अभ्यास भनिएको छ ।

‘दुई सेनाबिच अभ्यास सगरमाथाको पाँचौँ शृंखला आइतबारदेखि सुरु हुँदै छ । यसको तयारी पूरा भएको छ,’ सैनिक प्रवक्ता सहायकरथी राजाराम बस्नेतले भने । प्रतिआतंकवाद अपरेसन, युद्धकौशल, विपत् व्यवस्थापनलगायतका विषयमा अभ्यासकेन्द्रित हुनेछ ।

सैनिक अभ्यास १० दिनसमम सञ्चालन हुनेछ । नेपाली र चिनियाँ सैनिकबिच यसअघि चारपटक पालैपालो दुवै देशमा सैन्य अभ्यास भइसकेको छ । दुवैतर्फ प्रमुख सेनानीस्तरका सैनिक अधिकृतले सैन्य अभ्यासमा सहभागी हुने टोलीको नेतृत्व गर्दै आएका छन् ।

पहिलोपटक ३ देखि १२ वैशाख ०७४ मा दुई देशबिच सैन्य अभ्यास भएको थियो । दोस्रो अभ्यास चीनको चेन्दुमा १–१२ असोज ०७५ मा भएको थियो । तेस्रो सैन्य अभ्यास नेपालमा १३–२३ भदौ ०७६ भदौ सम्म भएको थियो । चौथो अभ्यास चीनको छोङछिङ महानगरमा गत वर्ष भएको थियो ।