
नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले सामाजिक सञ्जाल बन्द हुँदा देश अस्तव्यस्त हुने बताएका छन्। संसद भवन परिसरमा पत्रकारहरूसँग कुरा गर्दै पाण्डेले यस्तो प्रतिक्रिया दिएका हुन्।
उनले भने, ‘अब अहिले सामाजिक सञ्जाल पूरै भयो भने देश अस्तव्यस्त हुन्छ। यो कुरा पनि सरकारले ख्याल गर्नुपर्छ।’ सामाजिक सञ्जाल नियमन आवश्यक भए पनि नियमनका नाममा सरकारले अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्न खोजेको उनको दाबी छ।
‘सरकारले समयमा काम नगर्ने र त्यसको वातावरण नबनाउने अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्न खोजेको छ, त्यसको हामी विरोध गर्छौँ,’ पाण्डेले भने, ‘नियमन आवश्यक छ। सरकारले राजस्व पनि लिनुपर्ने हुन्छ। तर, यसका लागि सरकारले कहाँकहाँ समस्या हो हेरेर बल्ल काम गर्नुपर्छ।’