
भायानेट कम्युनिकेसन लिमिटेडले गायक तथा गीतकार सुशान्त केसीलाई ब्रान्ड एम्बास्डर घोषणा गर्दै नयाँ अभियान इन्टरनेट अफ ड्रिमर्सको सुरुवात गरेको छ । अभियानमार्फत भायानेटले डिजिटल युगमा सपना देख्ने युवा, सिर्जनाकर्मी र डिजिटल माध्यमबाट केही गर्न चाहने व्यक्तिहरूलाई प्रेरणा दिने लक्ष्य राखेको छ ।
आफ्ना गीत अनलाइनमै राखेर चर्चित बनेका केसी नेपाली संगीत क्षेत्रका लोकप्रिय कलाकार बनेका छन् । भायानेटले सुशान्तकै जस्तो सपना देख्ने अन्य युवालाई साथ दिने उद्देश्यले यो अभियान ल्याएको जनाएको छ । यस अभियानले कन्टेन्ट क्रिएटर तथा डिजिटल क्षेत्रमा लाग्न चाहने इच्छुकहरूलाई भायानेटसँगै ठुला सपना देख्न र इन्टरनेटको सही प्रयोग गरी ती सपना साकार गर्न प्रोत्साहित गर्ने लक्ष्य राखेको छ ।
भायानेटले सुशान्त केसीसँगको सहकार्यलाई गौरवको रूपमा लिएको उल्लेख गरेको छ । केसीको संगीतप्रतिको समर्पण, दृढता र लगावले नेपाली युवापुस्तामा ऊर्जा र आत्मविश्वास भरेको कम्पनीको भनाइ छ ।