मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 03 September, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १९:४o:oo
Read Time : < 1 मिनेट
समाचार

प्रेमहरि मैनालीको नेतृत्वमा वितरक संघमा नयाँ कार्यसमिति चयन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १९:४o:oo

नेपाल वितरक संघको अध्यक्षमा प्रेमहरि मैनाली निर्विरोध निर्वाचित भएका छन्। शनिबार सम्पन्न संघको २४औँ साधारणसभाले मैनालीको नेतृत्वमा सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको हो। 

संघको वरिष्ठ उपाध्यक्षमा नवराज दाहाल, उपाध्यक्षमा केशवप्रसाद मैनाली, महासचिवमा गणेशप्रसाद तिमिल्सिना, सचिवमा अशोककुमार कँडेल, कोषाध्यक्षमा दिनेशमणि रिसाल र सहकोषाध्यक्षमा रमेश प्रजापति चयन भएका छन्। 

 कार्यसमिति सदस्यमा विनोद अधिकारी, भोजप्रसाद फुँयाल (उमेश), दीपक घिमिरे, कपिल रेग्मी, नीलकण्ठ ढकाल, रामप्रसाद ढकाल, फणीन्द्र खड्का (विकास), रुकेश महर्जन, किरण कार्की, भुवन श्रेष्ठ, प्रवीणकुमार कर्माचार्य, सन्तोष पौडेल, सुवोध झा, गणेश कार्की र जयराम लवजू निर्विरोध भएका छन् ।  निवर्तमान अध्यक्ष रामहरि घिमिरे पदेन सदस्य रहनेछन्। प्रतिनिधिसभाका सदस्य तथा अर्थ समितिका सभापति सन्तोष चालिसेको प्रमुख आतिथ्यतामा तथा निवर्तमान अध्यक्ष रामहरि घिमिरेको अध्यक्षतामा भएको कार्यक्रमले नयाँ नेतृत्व चयन गरेको हो।  

संघको नवनियुक्त अध्यक्ष मैनालीले वितरण व्यवसायको हकहितका क्षेत्रमा क्रियाशील भएर काम गर्ने उनले प्रतिबद्धता व्यक्त गरेका छन्। ट्राफिक समस्या, क्रेडिट समस्यालगायत नीतिगत समस्या समाधानलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने उनको प्रतिबद्धता छ। 

आयात भएका र नेपालमा उत्पादन भएका उपभोग्य सामानहरू वितरकहरूमार्फत बजारमा जाने र आर्थिक क्षेत्र चलायमान बनाउनमा वितरकहरूको योगदान महत्त्वपूर्ण रहेको उनको भनाइ छ। ‘वितरण व्यवसायबाट नेपालको आर्थिक क्षेत्र चलायनमान बनाउनमा सकारात्मक योगदान पुगेको छ,’ उनले भने, ‘यो व्यवसायलाई राज्यले पनि प्राथमिकतामा राख्न जरुरी छ। नीतिगत समस्या समाधानलाई मैले पहिलो प्राथमिकतामा राखेर काम गर्नेछु। ’