मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १८ बुधबार
  • Wednesday, 03 September, 2025
तस्बिर : संजित परियार/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडाैं
२o८२ भदौ १८ बुधबार १६:३२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ज्ञवाली र पाण्डेको फरक मतको विषय सचिवालयले टुंग्याउँछ : महासचिव पोखरेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ भदौ १८ बुधबार १६:३२:oo

नेकपा एमालेका महासचिव शंकर पोखरेलले पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता अस्वीकार गर्ने विषयमा दुई उपाध्यक्षले राखेको फरक मतबारेकाे विषय सचिवालयले टुंग्याउने बताएका छन्।

विधान महाधिवेशनको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा पोखरेलले उपाध्यक्षद्वय युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले दस्ताबेजमाथि नभई निर्णयमाथि असहमति राखेको प्रतिक्रिया दिए।

उनले भने, ‘कसलाई सदस्यता दिने वा नदिने भन्ने विषय दस्ताबेजको विषय होइन। त्यस अर्थमा त्यो विषय दस्ताबेजको फरक मत हो कि होइन भन्ने अर्थमा तपाईंहरूको जिज्ञासा हो भने दस्ताबेजमाथिको फरक मत होइन, निर्णयमाथिको फरक मत हो।’

निर्णयमाथिको फरक मत विधान अधिवेशनमा छलफल गर्ने कि राष्ट्रिय महाधिवेशनमा छलफल गर्ने भन्ने विषय सचिवालयको बैठकले निरुपण गर्ने महासचिव पोखरेलले प्रस्ट पारे।