मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 03 September, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १९:o९:oo
Read Time : < 1 मिनेट
समाचार

रुपन्देही–३ मा वरिष्ठ न्यूरोलोजिष्ट डा.लेखजंग थापा रास्वपाबाट उम्मेदवार 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १९:o९:oo

रुपन्देही क्षेत्र नम्बर ३ मा हुन लागेको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा.लेखजंग थापा उम्मेदवार बनेका छन् । रास्वपाको सचिवालय बैठकले आइतबार उम्मेदवारको तय गरेको हो। 

प्राइमरी इलेक्सन लगायत विभिन्न चरण पार गरी उनी उम्मेदवार बनेका हुन्। पार्टीले आइतबार उम्मेदवार घोषणा गरेको हो। त्यहाँको उम्मेदवार बन्न नौ जना प्रतिस्पर्धामा थिए। भैरहवाका स्थानिय उनी वरिष्ठ न्यूरोलोजिष्ट हुन् । 

उपनिर्वाचनका लागि थापासहित सुलभ खरेल, पार्थिवेन्द्र उपाध्याय, ज्ञानु पौड्याल, जीतबहादुर गुप्ता, कुसुम महर्जन, रचना क्षेत्री, पुनमकुमारी अग्रवाल  र मधुप्रसाद अर्यालबीच रास्वपाबाट उम्मेदवार बन्नका लागि प्रतिस्पर्धा भएको थियो। 

रुपन्देहीमा आगामी १७ कात्तिकमा उपनिर्वाचन हुँदैछ।