मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 28 August, 2025
Invalid date format १९:१८:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

धनगढीले खरिद गर्‍यो अत्याधुनिक दमकल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:१८:oo

धनगढी उपमहानगरपालिकाले अत्याधुनिक दमकल खरिद गरेको छ। उपमहानगरले हालै खरिद गरेको अत्याधुनिक दमकलबाट बुधबारदेखि सेवा सुरु गरेको छ।

पाँच हजार लिटर पानी अटाउने क्षमता रहेको उक्त दमकलमा आगो निभाउने रसायन राख्ने सुविधा छ। ६६ लाख रुपैयाँमा फर्मसहितको नयाँ प्रविधियुक्त उक्त दमकल खरिद गरिएको उपमहानगरपालिकाले जनाएको छ।

नगरप्रमुख गोपाल हमालले नगरभित्र हुने आगलागी नियन्त्रणका लागि अत्याधुनिक दमकल खरिद गरिएको बताए। आगलागीको खबर पाएको तीन मिनेटभित्र उपमहानगर कार्यालयबाट दमकल परिचालन हुने व्यवस्था मिलाइएको जानकारी उनले दिए।

विपत् व्यवस्थापनमा धनगढीको लगानी र पूर्वतयारी सुदूरपश्चिममै अब्बल रहेको हमालले दाबी गरे। ‘हरघडी नगर प्रहरी’ भन्ने नारालाई व्यावहारिक बनाउँदै विपतलगायत घटनामा नगर प्रहरीको परिचालन प्रभावकारी बनाइएको उनको दाबी छ।

नगरप्रमुख हमालका अनुसार आगलागीका वेला दमकललाई पानी भर्नका लागि उपमहानगरपालिकाले नगरभित्रका आठवटा स्थानमा ‘फायर हाइड्रेन्ट’ स्थापना गरिसकेको छ। खासगरी गर्मीयाममा आगलागीका घटनाहरू बढी हुने गर्छन्।