मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ९ सोमबार
  • Monday, 25 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ ९ सोमबार १६:o२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सार्वजनिक यातायात महासंघद्वारा इम्बोस्ड नम्बर प्लेट जडान नगर्न आह्वान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ ९ सोमबार १६:o२:oo

सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले इम्बोस्ड नम्बर प्लेट जडान नगर्न सार्वजनिक आह्वान गरेको छ। सोमबार विज्ञप्ति जारी गर्दै महासंघले अव्यावहारिक विषयहरू संशाेधन नगरेसम्म इम्बोस्ड नम्बर प्लेट जडान नगर्न आग्रह गरेको हो।

विज्ञप्तिमा भनिएको छ, ‘सरकार, प्रत्यक्ष सरोकार पक्षहरूबिचको छलफल संवादबिच देखिएका अव्यावहारिक विषयहरूको संशोधन सुधारविना सार्वजनिक, पर्यटन र ढुवानी, निजी प्राइभेट सम्पूर्ण यातायात क्षेत्रको तर्फबाट सो इम्बोस्ड नम्बर प्लेट जडान नगर्नुहुन सबैमा हार्दिक अनुरोध छ।’

जबर्जस्ती प्लेट जडान गर्न खोजिए हुने विरोध र दबाबका गतिविधिप्रति स्वयं यातायात मन्त्रालयमातहतका निकाय नै जवाफदेही हुने महासंघले चेतावनी दिएको छ।

नेपाली भाषाको देवनागरी लिपि लोप हुने तथा आवश्यक पूर्वाधारविना नै नागरिक र सिंगो यातायात व्यवसायमा आर्थिक भार हुने गरी एकपक्षीय रूपमा भएको सरकारको निर्णयका कारण नेपालीको सम्पूर्ण विवरण विदेशीको नियन्त्रणमा रहने र राष्ट्र नै कमजोर हुने महासंघको ठहर छ।