मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 17 August, 2025
Invalid date format १७:५९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रवि लामिछानेलाई आयल निगमबाट निकालेर नक्खु कारागार लगियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:५९:oo

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने नक्खु कारागार लगिएको छ। रुपन्देहीबाट काठमाडौं विमानस्थलबाट कारागारतर्फ लगिएको हो।

लामिछानेका समर्थक त्रिभुवन अन्तर्राष्ट्रिय  विमानस्थलअगाडि जम्मा भएर बसेका थिए। तर, आयल निगमबाट निकालिएर नक्खु लगिएको हो।

सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले दिएको निवेदनको आधारमा हिजो कारागार विभागले सरुवा गर्ने निर्णय गरेको थियो ।

भैरहवाबाट लामिछानेलाई बुद्ध एयरको जहाजबाट काठमाडौं ल्याइएको थियो। लामिछानेलाई स्वागत गर्नका लागि विमानस्थलमा पत्नी निकितासहित समर्थकहरू पुगेका थिए।

तल्लो बाटोबाट निकालेपछि अहिले लामिछानेका समर्थकलाई नक्खु कारागारतिर सोझिएका छन्। त्यहाँ पनि बाक्लाे भिड जम्मा भएर लामिछानेको पक्षामा नाराबाजी गरेका छन्।