
सामान्यतया अवकाशको मुखमा रहेका कर्मचारीलाई सरुवा नगर्ने अभ्यासबिच सरकारले आगामी मंसिरमा अवकाश हुन लागेका वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमारप्रसाद दाहालसहित ७२ सहसचिवको सरुवा विवादमा परेको छ ।
सरुवामा बिचौलियादेखि ‘ह्वाइट कलर’ व्यापारिक समूहको पनि चासो जोडिएको भन्दै प्रश्न उठेको छ ।