मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण ३१ शनिबार
  • Saturday, 16 August, 2025
२o८२ श्रावण ३१ शनिबार २o:o८:oo
Read Time : < 1 मिनेट
समाचार

वन्यजन्तुको आक्रमणबाट बर्दियामा महिलाको मृत्यु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण ३१ शनिबार २o:o८:oo

बर्दियामा वन्यजन्तुको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । गुलरिया नगरपालिका– १२, भैँसाहीकी ४० वर्षीया जगतरानी थारूको मृत्यु भएको हो ।

शुक्रबार साँझ ३ बजे घरबाट करिब २ किलोमिटरको दूरीमा रहेको धानबारीमा धान गोड्न गएकी थारू बेपत्ता थिइन्। थारूको शव आज मध्याह्न करिब १२ बजेतिर भैँसाही गाउँस्थित धान खेतीनजिकको उखुबारीबाट शरीरबाट टाउको छुटिएको अवस्थामा फेला पारेको मृतकका भदै अशोक थारूले बताए।

जगतरानीको छातीभन्दा माथिल्लो र टाउको आधा भाग खाएको अवस्थामा फेला परेको गुलरिया–१२ का श्रीकृष्ण थारूको बताए। उनले भने, ‘गुलरिया नगरपालिका–१२ मा रहेको कुम्भर महिला सामुदायिक वन, केदुवाई सामुदायिक र मैनहिया सामुदायिक वनमा दैनिकजस्तो बाघ देखिन थालेका छन् । जसका कारण समुदायमा त्रस फैलिएको छ। बालबालिकालाई विद्यालय आउजाउ गर्नसमेत जोखिम बढेको छ।’

डिभिजन वन कार्यालय बर्दियाका वरिष्ठ वन अधिकृत एवं सूचना अधिकारी रामकुमार थारूले जगतरानीको मृत्यु बाघ वा चितुवाको आक्रमण भएको आशंका गरे । उनले भने, ‘घटनास्थलमा देखिएको पन्जा हेर्दा चितुवाजस्तो देखिए स्पष्ट खुलेको छैन।’