मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २९ बिहीबार
  • Thursday, 14 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण २९ बिहीबार १६:३९:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

राज सरगम निर्देशित लघु चलचित्र ‘कलर अफ टी’ युरोपको ग्रिसमा पुरस्कृत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण २९ बिहीबार १६:३९:oo

युरोपको ग्रिसमा भएको ‘१२औँ अन्तर्राष्ट्रिय वृत्तचित्र महोत्सव इरापेट्रा एन्ड अवार्डस्’को अन्तर्राष्ट्रिय फिल्म निर्णायक मण्डलले ‘कलर अफ टी’लाई पुरस्कृत गरेको छ।

१३ अगस्तको दिन महोत्सव आयोजकले आफ्नो वेबसाइटमा आधिकारिक रूपमा पुरस्कृत फिल्महरूको सूची सार्वजनिक गर्दै लेखेको छ, ‘दोस्रो महोत्सव पुरस्कार राज सरगम (नेपाल)द्वारा लिखित तथा निर्देशित अन्तर्राष्ट्रिय छोटो फिल्म कलर अफ टीलाई जान्छ।’

‘कलर अफ टी’ले मधेशका ती दलित आदिवासीको कथा भन्छ जो जातीय भेदभावलाई निरन्तरता दिने सूक्ष्म आक्रमकता र हिंसाका विरुद्ध मौन विद्रोह गर्दछ। लेखक तथा पत्रकारसमेत रहेका राजको यही फिल्मले गत जुलाईमा कोरियामा दिगो विकास लक्ष्य २०२५ का लागि ‘कोरिया ग्योङ्गी अन्तर्राष्ट्रिय फिल्म महोत्सव’मा उत्कृष्ट पुरस्कार जितेको थियो। 

त्यसैगरी युरोपको जर्मनीमा आगामी सेप्टेबरमा हुने ‘कोबानी अन्तर्राष्ट्रिय फिल्म महोत्सव’मा पनि क्वार्टर फाइनलमा पुग्न सफल भएको छ। साथै युरोपकै मोन्टेनेग्रो पोडगोरिकामा भएको ‘एमओडी फेस्टस् : अल्पसंख्यक खुला दिन २०२५’ पनि अफिसियल छनोट भएको थियो।