मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २८ बुधबार
  • Thursday, 14 August, 2025
२o८२ श्रावण २८ बुधबार १५:३५:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

मुख्यमन्त्री बानियाँको घोषणा– निवास र कार्यालय खर्चमा ५० प्रतिशत कटौती, विपन्नका लागि घर र छात्रवृत्ति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण २८ बुधबार १५:३५:oo

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मुख्यमन्त्रीनिवास र कार्यालयमा हुने सुविधाबापतको खर्च ५० प्रतिशतले कटौती गर्ने घोषणा गरेका छन्।

बुधबार प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै उनले मुख्यमन्त्रीनिवास तथा कार्यालयमा हुने सुविधा तथा बन्दोबस्तीबापतको खर्च ५० प्रतिशत कटौती गर्ने घोषणा गरेका हुन्। आफ्नो कार्यकालमा सुशासन र पारदर्शिता कायम गर्दै जवाफदेहितासहित काम गर्ने उनले प्रतिबद्धतासमेत व्यक्त गरे।

मुख्यमन्त्री बानियाँले आफ्नो पहिलो मन्त्रिपरिषद् बैठकबाट सेवा–सुविधाबापत प्राप्त हुने रकम निर्वाचन क्षेत्रमा गरिब विपन्नको घर बनाउन खर्च गर्ने घोषणालाई तत्काल कार्यान्वयनमा अघि बढाउने प्रतिबद्धता गरे।

‘जनमुखी, सेवामुखी, न्यायमुखी, आयमुखी र विकासमुखीतर्फ अगाडि बढ्ने मेरो यात्रा निरन्तर रहनेछ । त्यसको प्रक्रिया हामीले पहिलो क्याबिनेटबाटै सुरु गरिसकेको छौँ,’ उनले भने, ‘मैले मुख्यमन्त्रीको हैसियतले पाउने मासिक सुविधाबाट मलाई निर्वाचन जिताउने प्रदेश क्षेत्रका ३० वटा वडामध्येको सबैभन्दा विपन्न गरिब घर दसैँ अगावै बनाइसक्नेछु। दसैँअगाडि नै घर हस्तान्तरण गरेर त्यहाँबाट गरिबमुखी काम सुरु गर्नेछु।’

मुख्यमन्त्री बानियाँका अनुसार आफ्नो पहिलो क्याबिनेटले गरिब विपन्न वर्गलक्षित छात्रवृत्ति वितरणको निर्णय गरिएको छ। आर्थिक अवस्था कमजोर भएर पढ्न नपाएर निराश बनेका सीमान्तकृत जातजाति वनकरिया, थामी, चेपाङ, जिरेल, पहरीलगायतका प्रदेशभित्रका पछाडि परेका वर्गलाई सरकारले अध्ययन छात्रवृत्ति वितरण गर्ने उनको भनाइ छ।

विगतमा भएका राम्रा कार्यलाई सरकारले प्राथमिकतामा राखेर अघि बढाउने उनले स्पष्ट पारे। सरकारले विपत् व्यवस्थापनलाई विशेष प्राथमिकतामा राखेर काम गर्ने उनले बताए। 
विपत् पुनर्निर्माणलाई कार्यतालिका बनाएर काम गर्ने र जोखिम न्यूनीकरण तथा पूर्वतयारीमा सरकार प्रतिबद्ध भएर लाग्ने उनको भनाइ छ।